शिक्षा मन्त्रालयद्वारा कश्यप इन्स्टिच्युट, ग्लोबल इन्टरनेशनल, र नेपाल एजुकेसन फाउन्डेसनको विद्यार्थी भर्ना स्थगित

4 महीना पहिले प्रकाशित

काठमाडौँ, ,साउन ३० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन कलेजमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा आधारित भर्ना स्थगित गरेको छ। यी कलेजहरूमा जनकपुरस्थित कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, मध्य बानेश्वरको ग्लोबल इन्टरनेशनल कलेज, र खुमलटारको नेपाल एजुकेसन फाउन्डेसन कन्सोर्टियम अफ कलेज समावेश छन्।

मन्त्रालयका अनुसार कश्यप इन्स्टिच्युटसँग सम्बन्धित समकक्षताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकोले भर्ना प्रक्रिया रोकिएको हो। ग्लोबल इन्टरनेशनल कलेजले आफ्नो सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेका कारण विद्यार्थी भर्ना गर्न नमिल्ने भएको छ। नेपाल एजुकेसन फाउन्डेसनको स्थानान्तरण प्रक्रिया चलिरहेकाले हाल विद्यार्थी भर्ना रोकिएको छ।

मन्त्रालयले हाल ५६ वटा कलेजमा मात्रै विद्यार्थी भर्ना आह्वान गरेको छ। यी कलेजहरू मन्त्रालयबाट अनुमति प्राप्त, नियमित नवीकरण गरेका, लेखा परीक्षण र कर चुक्ता गरेका, नियमानुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त भएका कलेजहरू हुन्। मन्त्रालयले विदेशी विश्वविद्यालयका अन्य कोर्ससम्बन्धी कलेज तथा शिक्षण संस्थाहरूमा स्नातक तथा सोभन्दा माथिका कार्यक्रमहरूमा विद्यार्थी भर्ना नगर्न अनुरोध गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?