जापानमा शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

5 महीना पहिले प्रकाशित

एजेन्सी

टोकियो ,साउन २४ गते ।  दक्षिणी जापानमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रहेको थियो ।

जापानी प्रसारक एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। जापानका प्रधानमन्त्रीले पनि भूकम्पबारे केही निर्देशन जारी गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशन अनुसार सुनामी र विस्थापितसम्बन्धी सही जानकारी जनतालाई समयमै उपलब्ध गराउनु पर्नेछ । साथै, क्षति रोक्न नागरिकहरूलाई बाहिर निकाल्ने जस्ता कदमहरू चाल्नुपर्नेछ । जतिसक्दो चाँडो क्षतिको अवस्थाको आकलन गर्नु भनिएको छ।

स्थानीय सरकारहरूसँग समन्वय कायम गरी जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?