पूर्व मन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा नौ महीना कैद
6 महीना पहिले प्रकाशित
काठमाडौं, साउन १३ गते । सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले आइतबार फैसला सुनाएको हो। यही मुद्दामा अन्य प्रतिवादी ताराराज पाण्डे र वासुदेव पन्तलाई भने सफाइ दिएको छ।
विशेष अदालत, काठमाडौंले २०६९ सालमा जोशीलाई दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको भन्दै दोषी ठहर गरेको थियो। यस विरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए।
सर्वोच्चले ११ वर्षपछि फैसला गर्दै जोशीलाई दोषी ठहर्याएको हो। यसबीचमा ५१ पटक सुनुवाइका लागि पेशीमा चढेर पनि मुद्दा छिनिएको थिएन। सर्वोच्चले गत जेठ २० मा निर्णय सुनाउने मिति तोकेको थियो।
कमेन्ट गर्नुहोस्
view comments