अफगानिस्तानको विश्व बैंकले दिँदै आएको अनुदान रोक्का

4 वर्ष पहिले प्रकाशित

भदौ ९, २०७८ 

विश्व बैंकले अफगानिस्तानमा परियोजनाका लागि दिँदै आएको अनुदान रोक्का गरेको छ । अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि विश्व बैंकले यो महत्त्वपूर्ण निर्णय लिएको हो ।

तालिबानको नियन्त्रणपछि अफगानिस्तानको विकास परियोजना र विशेष गरी महिलामाथि नराम्रो असर पर्ने बताइएको छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफ ले पनि भुक्तानी निलम्बन गरेको थियो ।

‘हामीले अफगानिस्तानमा रकम वितरण रोकेका छौँ । हामी अन्तर्राष्ट्रिय साझेदार र विकासमा सहभागीहरूसँग कुराकानी जारी राख्नेछौँ । साथसाथै आफ्नो आन्तरिक नीति तथा कार्यविधिको स्थितिलाई नजिकबाट हेरिहेका छौँ ।

बाइडेन प्रशासनले पनि अफगानिस्तान केन्द्रीय बैंकको अमेरिकामा रहेको सम्पत्ति रोक्का गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?