कांग्रेसका सिद्धारमैया भारतको कर्नाटका नयाँ मुख्यमन्त्री बन्ने

2 वर्ष पहिले प्रकाशित

 २०८० जेष्ठ ४, बिहीबार । भारतको कर्नाटका राज्यमा कांग्रेसका सिद्धारमैया नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गे र पूर्वअध्यक्ष राहुल गान्धीबीच ७५ वर्षका सिद्धारमैयालाई कर्नाटकाको मुख्यमन्त्री बनाउने सहमति भएको हो । इन्डियन एक्सप्रेसका अनुसार कंग्रेसका प्रदेश अध्यक्ष डिके शिवकुमार उपमुख्यमन्त्री बन्नेछन् । सुरूमा मुख्यमन्त्रीमा दाबी गरेका शिवकुमारलाई उपमुख्यमन्त्रीमा मनाउन पार्टीले उनलाई अन्य महत्वपूर्ण पद दिने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ । सिद्धारमैया र शिवकुमारलाई आधा–आधा कार्यकाल मुख्यमन्त्री बनाउनेबारे छलफल भए पनि निर्णय नभएको बताइएको छ । कंग्रेसको संगठन बनाउन र पार्टीलाई आर्थिक स्रोत जुटाउन शिवकुमारले महत्वपूर्ण भूमिका खेलेका छन् । सिद्धारमैया भने आम मतदातामा निकै लोकप्रिय छन् । मुख्यमन्त्री र उपमुख्यमन्त्रीको शपथ शनिबार मध्याह्न साढे १२ बजे हुने बताइएको छ । त्यसका लागि कंग्रेस विधायक दल ९सिएलपी०को बैठक आज साँझ ७ बजे बोलाइएको छ । एक साताअघि सम्पन्न विधानसभा निर्वाचनमा कर्नाटकामा कंग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको छ । २२४ सदस्यीय विधानसभाको १३६ सिट जित्दै कंग्रेसले एकल सरकार बनाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?