बिहारको राज्यका मुख्यमन्त्री नितिश कुमार कोरोना पोजेटिभ

2 वर्ष पहिले प्रकाशित

साउन १० गते ।बिहारको राज्यका मुख्यमन्त्री नितिश कुमारलाई कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य विभागले मुख्यमन्त्री नितिश कुमारलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेको हो ।

अहिले चिकित्सकहरुले मुख्यमन्त्री नितिश कुमारलाई आराम गर्न सल्लाह दिएका छन् । स्वास्थ्य विभागका अतिरिक्त मुख्य सचिव प्रत्याय अमृतले मुख्यमन्त्री नितिश कुमारको स्वास्थ्य विगत दुई दिनदेखि राम्रो नभएको बताएको समाचार भारतीय मिडियाले जनाएको छ ।

सोमबार राति मुख्यमन्त्रीको कोरोना परीक्षण गर्दा उनलाई कोभिड पोजेटिभ देखिएको हो । मुख्यमन्त्रीको एसओपी अनुसार उपचार भइरहेको र अहिले मुख्यमन्त्रीको स्वास्थ्य अवस्था ठीक छ । पछिल्लो समय बिहारका धेरै राजनीतिज्ञहरु यो महामारीको चपेटामा परेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पटना भ्रमण हुनुअघि बिहारका उपमुख्यमन्त्रीसहित कैयौं क्याबिनेट मन्त्रीहरू पनि कोभिड पोजिटिभ भेटिएका थिए । बिहारमा लगातार कोरोनाका केसहरू भेटिन थालेका छन्, तर बिरामी परेकाहरूको निको हुने काम द्रुत गतिमा भइरहेको छ ।

दैनिक एक लाखभन्दा बढी व्यक्तिको नमूना परीक्षण भइरहेको थाहा भए पनि ३३ देखि ३४ जिल्लामा हरेक दिन नयाँ सङ्क्रमण आउने क्रम जारी छ । बिहारमा पछिल्ला केही दिनहरूमा, कोरोना भाइरस बिरामीहरूको संख्या एकदमै तीव्र गतिमा बढेको छ । अहिले पनि अधिकांश बिरामी पटनाबाट आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?