श्रीलंकाका राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित
2 वर्ष पहिले प्रकाशित
साउन ४ गते । श्रीलंकाका राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । नवनिर्वाचित राष्ट्रपति विक्रमासिंघे सन् २०२४ सम्म पदमा रहनेछन् ।
उनी यसअघि कार्यबाहक राष्ट्रपतिको रुपमा थिए ।श्रीलंकामा राष्ट्रपतिका लागि तीनजना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
२२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिंघेले १३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी तथा असन्तुष्ट सत्तारुढ दलका नेता दुल्लास अलाहपेरुमाले ८२ मत पाए । वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी) का नेता अनुरा कुमारा दिसानायकेले जम्मा तीन मत पाए ।
विक्रमासिंघेलाई प्रदर्शनकारीहरूले खासै मन पराउँदैनन् । उनलाई राजापाक्षेको सहयोगीका रूपमा हेर्छन् । प्रदर्शनकारीले प्रधानमन्त्री पदबाट राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कार्यवाहक राष्ट्रपति बनेपछि उनले देशमा संकटकाल घोषणा गरेका थिए ।
कमेन्ट गर्नुहोस्
view comments