रुसको युक्रेनसँगको सीमानजिकैको बेलगोर्ड सहरमा ठूलो विष्फोट

3 वर्ष पहिले प्रकाशित

असार १९ गते ।रुसको युक्रेनसँगको सीमानजिकैको बेलगोर्ड सहरमा आइतबार ठूलो विष्फोट भएको छ।

उक्त विष्फोटमा परी कम्तीमा तीनजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

रुसका क्षेत्रीय गभर्नर भ्यालेस्लाभ ग्लाडकोभका अनुसार उक्त विष्फोटमा परी ११ अपार्टमेन्ट भवन र ३९ आवासीय भवन ध्वस्त भएका छन् । ग्लाडकोभका अनुसार विष्फोटसँगै हवाई प्रतिरोधी प्रणाली सञ्चालनमा ल्याइएको छ ।

गत अप्रिलमा पनि बेलगार्ड सहरमा आक्रमण भएको थियो ।

यद्यपि यस विषयमा युक्रेनको तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन ।

रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता अहिलेसम्म एक करोड २० लाखभन्दा धेरै मानिस विस्थापित भइसकेका छन् भने हजारौंको मृत्यु भइसकेको छ ।पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा रहेको लिसिचान्स्कमा दुई मुलुकबीच युद्ध भइरहेको छ ।

अहिलेसम्म दुवै मुलुकले यो सहर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?