अब T.U. को  BBA जनकपुरको रा.रा.ब.क्याम्पसमै 

4 वर्ष पहिले प्रकाशित

माघ ९, २०७७

राकेश साह

माघ ९ , जनकपुरधाम । जनकपुरको रा.रा.ब.मा त्रि.वि.अन्र्तगतको बि.बि.ए.प्रोग्राम शुभारम्भ हुने भएको छ ।

उधमशीलता विकास र प्रर्वधनको लागि अति उपयुक्त मानिएको नविनतम कोर्स बि.बि.ए. को पढाइ पहिलो पटक त्रिभुवन विश्वविधालय को सम्बन्धनमा जनकपुरधाम स्थित रा.रा.ब. क्याम्पसमै पढाइ हुने भएको छ । उक्त विषयको सम्भाव्यता र चुनौती विषयको अन्र्तक्रिया कार्यक्रम एक समारोह बिच जनकपुर स्थित रा.रा.ब.क्याम्पसमा सम्पन्न भएको हो ।

क्याम्पस प्रमुख प्रदीप साहको अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि व्यवस्थापन संकाय का डिन प्रा.डा. डिल्ली राज शर्मा हुनुहुन्थ्यो । व्यवस्थापन संकायका प्राध्यापक, विधार्थी तथा अन्य कर्मचारी भरभलादमीको ठुलो उपस्थितीमा भएको उक्त कार्यक्रममा व्यवस्थापन संकायका सहायक डिन दिनेश मनि घिमिरे, सम्भाव्यता समितिका सदस्य द्वय उदय किशोर तिबारी र मनोज चौधरी , जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह , बि.बि.ए. प्रोग्रामका संयोजक डा. विनोद साह लगायतले उक्त नयाँ कार्यक्रमको सम्भावना र रोजगारी सँगको समन्व्यको वारेमा चार्चा गरेका थिए ।

उप–प्राध्यापक रूपेश सिंहले उदघोषण गरेको उक्त कार्यक्रममा वक्ताहरुले यसै वर्ष बाट बि.बि.ए. संचालनमा आउने विश्वास व्यक्त गरेका थिए । उधमशीलता विकास र प्रर्वधनको लागि अति उपयुक्त मानिएका बि.बि.ए. को पढाइबाट यस भेगका विधार्थीहरु लाभान्वित हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?