फेसबुकमा आईफोन विक्रीको विज्ञापन गरेर लाखौं ठग्ने गिरोहका नाइके शाह पक्राउ

4 वर्ष पहिले प्रकाशित

माघ ४ , २०७७

सामाजिक सञ्जाल फेसबुकमा ग्याजेट (आईफोन, घडी, मोबाइल लगायत) विक्रीको सूचना राखेर लाखौं ठगी गर्ने गिरोहको मुख्य सदस्य पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरको विशेष टोलीले गिरोहका नेपाल प्रमुख २८ वर्षीय अजय भनिने प्रमोद शाहलाई पर्साबाट शुक्रबार पक्राउ गरिएकोे हो ।
फेसबुकमा कम्युटर, मोबाइल, घडी, ल्यापटप लगायत बजार मूल्यभन्दा कम रकममा डेलिभर गराउने भनेर उनले रकम उठाउने गरेका थिए - ललितपुरकी एसएसपी किरण बज्राचार्यले भनिन्, ।

ललितपुर प्रहरीको आग्रहमा आइतबार पर्सास्थित प्रमोदको आईएमई सेन्टरमा पनि प्रहरीले छापा हानेको छ । पर्सा प्रहरीले चलाएको अपरेशनमा रकम पठाइएको कागजपत्रहरु बरामद गरिएको छ । ती कागजपत्रबाट पीडितका थप विवरण प्राप्त हुने प्रहरीको अपेक्षा छ ।

शाहसँगै यसअघि उनका सहयोगी मेवालाल शाह तेलीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । उनको एटीएम कार्ड प्रयोग गरेर प्रमोदले पैसा निकाल्ने गरेका थिए ।

दुवै जनाविरुद्ध ठगी सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान थालिएको छ । उनीहरुले कम्तिमा एक करोड रुपैयाँ ठगी गरेको प्रहरी आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?