एक युवक मृत भेटिए

3 वर्ष पहिले प्रकाशित

काठमाडौंको मूलपानीमा बाजुरा घर भएका युवक मृत भेटिएका छन् । काँडाघारी स्थित मोटरसाइकल वर्कशपमा कार्यरत २२ वर्षीय धर्मराज शाही मृत अवस्थामा भेटिएका हुन् ।​
मूलपानीमा पैंयुको रुखमा पासो लागेर झुन्डिँदा भुईँमा खसेको अवस्थामा बिहिबार उनको शव भेटिएको थियो । युवकका आफन्तहरुले घटना शंकास्पद भएको दावी गर्दै अनुसन्धान गर्न माग गरेका छन् ।
प्लाष्टिक र कपडाले गाँसिएको डोरी चुँडेको अवस्थामा भेटिएको छ । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
केहि दिनअघि मात्र बाजुराबाट काठमाडौं आएका शाहीलाई उनका काकाले काँडाघारी स्थित वर्कशपमा जागिर लगाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?