अमेरिकामा कोरोनाबाट मंगलबार ४ हजारभन्दा बढीको मृत्यु , पछिल्ला ७ दिनमा लगातार २ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

5 वर्ष पहिले प्रकाशित

पुस २९, २०७७

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ४ हजारभन्दा बढी मृत्यु भएको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार मंगलबार कोरोनाका कारण अमेरिकामा ४ हजार १ सय ९७ जनाको मृत्यु भएको हो ।

मंगलबारको पूरा तथ्यांक आइनसकेकाले यो संख्या अझै बढ्न सक्ने सीएनएनले जनाएको छ । अमेरिकामा पछिल्ला केही दिन यता औसतमा ३ हजार २ सय ३३ जनाको कोरोनाबाट मृत्यु भइरहेको छ । त्यस्तै पछिल्ला ७ दिनमा लगातार २ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८० हजार नाघेको छ भने २ करोड २८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

 

कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोनाविरुद्ध दुई वटा खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको छ । मोडर्ना र फाइजर–बायोएनटेकको गरी अमेरिकामा २ करोड ५४ लाखभन्दा बढी डोज कोरोना खोप वितरण भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?