कैलालीमा दम्पती मृत अवस्थामा भेटिए

3 वर्ष पहिले प्रकाशित

 जेठ १७ गते । कैलालीमा दम्पती मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ बर्षीया पदमा ऐर मृत फेला परेको प्रहरीले जनाएको छ।
हेमबहादुर घर नजिकै रूखमा झुन्डिएको र उनकी श्रीमती घरभित्र धारिलो हतियारले घाँटी रेटेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
‘घटनास्थलको प्रकृति हेर्दा श्रीमतीको हत्या पछि श्रीमानले आत्महत्या गरेको हुनसक्ने आशंका छ,’ उनले भने, ‘घटनास्थलबाट खुकुरी पनि बरामद गरिएको छ।’मृतकका छोरीहरू कामको शिलशिलामा घर बाहिर रहेको खुलेको छ।
‘घरमा बुहारी पनि बस्नु हुँदोरहेछ, उनीसँग बुझ्दा केही थाहा नपाएको बताउनु भएको छ,’ डिएसपी जोशीले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ।’
प्रहरीकाअनुसार शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?