पेस्तोलसहित २ जना पक्राउ

3 वर्ष पहिले प्रकाशित

सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय बीरबहादुर बमजन पेस्तोलसहित पक्राउ परेका छन्।

उनीहरु ललितपुरको बालकुमारीबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका थिङ र बमजनको साथबाट मेड इन यूएएस लेखेको पेस्तोल एउटा, २ थान म्यागजिन र ४ राउण्ड गोली बरामद भएको ललितपुरका प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए।

बिहीबार दिउँसो उनीहरुलाई विशेष सुराकीको आधारमा पक्राउ गरेको एसपी शाहले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?