अमेरिकाको विद्यालयमा गोली चल्दा २१ जनाको मृत्यु
3 वर्ष पहिले प्रकाशित

जेठ ११ गते । अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ । रोब प्राथमिक विद्यालयमा भएको हमलामा १९ विद्यार्थीसहित २१ जना मारिएका हुन् ।
आक्रमणमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेका मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । सो विद्यालयमा झन्डै पाँच सय विद्यार्थी रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
१८ वर्षका युवाले विद्यालयमा अन्धाधुन्ध हमला गरेका थिए । हमलाको कारण खुल्न सकेको छैन ।
कमेन्ट गर्नुहोस्
view comments