अमेरिकी राष्ट्रपति बाइडनले युक्रनेमा रुसले गरिरहेको हमलालाई भने ‘नरसंहार’

3 वर्ष पहिले प्रकाशित

चैत ३० गते ।अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रनेमा रुसले गरिरहेको हमलालाई नरसंहार भनेका छन् ।4 

अमेरिकाको आाइओवा राज्यमा भएको एक कार्यक्रममा बाइडनले युक्रेनमा भएको रुसी आक्रमणलाई नरसंहार भनेका हुन् ।अमेरिकाले रुसी आक्रमणको आलोचन गर्दै आए पनि यति कडा टिप्पणी भने यसअघि गरेको थिएन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नामेट पार्ने कोसिस गरिरहेका कारण आफूले नरसंहार शब्दको प्रयोग गरेको बाइडनले बताए ।हो मैले नरसंहार भनें, अब यो स्पष्ट छ कि पुटिन युक्रेन छ भन्ने विचारलाई नै नामेट पार्न लागि परेका छन्, यस्तो प्रमाण फेला परेका छन्,’ उनले भने ।

यसअघि राजधानी किभ नजिकैको बुचा शहरमा यत्रतत्र शव भेटिएपछि युक्रेनी राष्ट्रपतिले भोलोदिमीर जेलेस्कीले रुसले नरसंहार गरेको बताएका थिए । बुचामा शव भेटिएपछि रुसमाथि युद्ध अपराधको आरोप पनि लाग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?