नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का पुलिसलाई दिए ३ सय ३२ रनको लक्ष्य

3 वर्ष पहिले प्रकाशित

२०७८ फागुन २६ गते । तेस्रो अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का पुलिसलाई तीन सय ३२ रनको लक्ष्य दिएको छ ।

कोलम्बोमा आज बिहीवारको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सात विकेट गुमाएर तीन सय ३१ रन बनायो । नेपालका चार जना खेलाडीले अर्धशतक बनाए । कुशल भुर्तेलले ५७, आशिफ शेखले ५२, रोहितकुमार पौडेलले ७२ र करण केसीले नटआउट ५३ रन बनाए । कमलसिंह ऐरी ४५ रनमा नटआउट रहे भने आरिफ शेखले ३५, विनोद भण्डारी र पवन सर्राफले तीन–तीन तथा भीम सार्कीले दुई रन बनाए ।

नेपालले यसअघि भएका दुई वटै खेलमा श्रीलङ्का नेभीलाई हराएको थियो । अन्तिम अभ्यास खेलमा भोलि शुक्रवार नेपालले श्रीलङ्का संयुक्त ११ सँग खेल्नेछ ।

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत यूएईमा हुने एकदिवसीय शृङ्खलाको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा अभ्यास खेल खेलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?