कलाकार पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने

3 वर्ष पहिले प्रकाशित

२०७८ फागुन १५ गते । कलाकार पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् ।

नाबालिग गायिकाले बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहेका उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रहरीसामु आफैँ उपस्थित हुने बताएका छन् ।

प्रहरीमा उजुरी परेपछि उनी सम्पर्क भन्दा बाहिर थिए प्रहरीले उनको खोजी गरिरहेको थियो । पल शाहले अभिनय गरेको ुम यस्तो गीत गाउँछु(२ु अहिले प्रदर्शनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?