ऐश्वर्याका कुन कुरा मन पर्थेन श्वेता बच्चनलाई ? श्वेताले सुनाएकी थिइन् यस्तो कुरा
16 घन्टा पहिले प्रकाशित
एजेन्सी, असोज ५ गते । बच्चन परिवारकी छोरी श्वेता बच्चन नन्दाले एक पुरानो ‘कफी विद करण’ कार्यक्रममा आफ्नी भाउजू ऐश्वर्या राय बच्चनबारे खुलेर कुरा गरेकी थिइन्। कार्यक्रममा करण जौहरले गरेको प्रश्नको जवाफ दिँदै श्वेताले ऐश्वर्या आफ्नै मेहनतले अगाडि बढेको र राम्रो आमा भएको आफूलाई मन पर्ने बताएकी थिइन्। तर ऐश्वर्याको फोन कल तथा सन्देशको जवाफ दिन धेरै समय लगाउने बानी आफूलाई मन नपर्ने उनको भनाइ थियो। उनले ऐश्वर्याको समय व्यवस्थापनलाई भने आफूले सहन गर्ने बताएकी थिइन्।
कार्यक्रमकै क्रममा श्वेताले आफ्ना भाइ अभिषेक बच्चनबारे पनि धारणा राखेकी थिइन्। उनले अभिषेकको पारिवारिक समर्पण र परिवारप्रतिको निष्ठा आफूलाई मन पर्ने बताएकी थिइन् भने सबै कुरा आफूलाई थाहा छ भन्ने उनको बानी मन नपर्ने बताएकी थिइन्। अभिषेकको हास्यव्यङ्ग्य गर्ने शैलीलाई भने आफूले सहने गरेको श्वेताले बताएकी थिइन्। ऐश्वर्या र अभिषेकले सन् २००७ मा विवाह गरेका हुन्।
कमेन्ट गर्नुहोस्
view comments