ऋतिक रोशनको शरीरबारे पाठ्यपुस्तकमा प्रश्न राख्ने प्रस्ताव, आफैंले सुनाएका थिए अनौठो किस्सा

16 घन्टा पहिले प्रकाशित

एजेन्सी, असोज ५ गते ।  अभिनेता ऋतिक रोशनले करण जौहरको चर्चित कार्यक्रम ‘कफी विद करण’मा आफूलाई आएको एउटा अनौठो प्रस्तावबारे बताएका थिए। उनका अनुसार कोलकातामा रहँदा एक विद्यालयको बोर्डले विद्यार्थीका लागि पाठ्यपुस्तकलाई रोचक बनाउन उनको नाम प्रयोग गर्ने प्रस्तावसहित सन्देश पठाएको थियो। बोर्डले विशेषगरी जीवविज्ञानको पाठमा ऋतिकको शरीरसँग सम्बन्धित प्रश्न राख्ने सोच बनाएको उनले बताएका थिए। प्रस्तावित प्रश्नमध्ये ‘ऋतिक रोशनको शरीरको सबैभन्दा लामो हड्डी कुन हो ?’ भन्ने प्रश्नसमेत हुन सक्ने उनले कार्यक्रममा बताएका थिए।

ऋतिकका अनुसार चर्चित व्यक्तिको नाम पाठ्यक्रममा समावेश गर्दा विद्यार्थीको पढाइप्रति रुचि बढ्ने सोचका आधारमा यस्तो प्रस्ताव आएको थियो। उनले उक्त प्रसंगलाई कार्यक्रममा हल्का रमाइलो शैलीमा सुनाएका थिए। ऋतिकले सन् २००० मा ‘कहो ना प्यार है’बाट मुख्य अभिनेताका रूपमा बलिउडमा प्रवेश गरेका थिए। त्यसपछि उनले रोमान्स, एक्सन र सामाजिक विषयवस्तुमा आधारित विभिन्न चलचित्रमा अभिनय गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?