रेल सेवापछि हवाई कनेक्टिभिटीको प्रस्ताव, प्रधानमन्त्रीसँग मुख्यमन्त्रीको आग्रह
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, मंसिर ८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अयोध्या र जनकपुरधामबीच रेल सेवासँगै हवाई सेवा पनि सञ्चालन गर्न प्रधानमन्त्री वालेन्द्र शाहसँग आग्रह गरेका छन् । मंगलबार अयोध्या–जनकपुरधाम साप्ताहिक रेल सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले दुवै धार्मिक नगरीबीच सीधा हवाई सम्पर्क स्थापित गर्नुपर्ने बताए । रेल सेवा सञ्चालनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमणले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले दुवैप्रति आभार व्यक्त गरे ।
मुख्यमन्त्री यादवले सीमावर्ती भारतीय नागरिकलाई जनकपुरधाम भ्रमणका क्रममा २४ घण्टासम्म भन्सार छुट दिनसमेत माग गरे । कार्यक्रममा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले रेल सेवाले नेपाल–भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्धसँगै पर्यटन र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरे । यसले अयोध्याबाट जनकपुरधाम आउने श्रद्धालुहरूको धार्मिक यात्रा थप सहज हुने उनको भनाइ थियो ।
कमेन्ट गर्नुहोस्
view comments