पर्सामा पटका पड्काउँदा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु

10 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक २३ गते ।  पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पड्काउने क्रममा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय रामगुलाम सहनीका छोरा कुन्दन सहनीको आफ्नै घरअगाडि पटका पड्काउने क्रममा छर्रा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार बिहान करिब ८ बजे पटका पड्काउँदा त्यसबाट निस्किएको छर्रा बालकको छातीको बीच भागमा लागेको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याइएका बालकलाई चिकित्सकले बिहान ८ः४५ बजे मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?