दबाबमा जनकपुर बोल्ट्स, सुदूरपश्चिमसँगको भिडन्तले बदल्न सक्छ अंकतालिकाको समीकरण
10 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक २४ गते । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सका लागि आजको खेल आफ्नो लय सुधार्ने अवसर बनेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजे जनकपुरले सुदूरपश्चिम रोयल्सको सामना गर्दैछ। प्रतियोगितामा पाँच खेल खेलिसकेको जनकपुरले दुई खेलमा जित र तीन खेलमा हार बेहोर्दै चार अंक जोडेको छ। पाँचौँ स्थानमा रहेको जनकपुरलाई शीर्ष टोलीसँगको दूरी घटाउन आजको खेलमा जित निकाल्नु महत्त्वपूर्ण हुनेछ।
अर्कोतर्फ, सुदूरपश्चिम रोयल्स पाँच खेलबाट तीन जित र दुई हारसहित ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। पछिल्ला खेलको नतिजाका आधारमा जनकपुरभन्दा अगाडि रहेको सुदूरपश्चिम पनि आफ्नो स्थान सुरक्षित राख्ने लक्ष्यमा मैदान उत्रनेछ। अंकतालिकामा दुई टोलीबीच रहेको दुई अंकको अन्तरका कारण आजको प्रतिस्पर्धा दुवैका लागि महत्त्वपूर्ण मानिएको छ। जनकपुरका लागि जितले अंकतालिकामा सुधार गर्ने अवसर दिनेछ भने सुदूरपश्चिमले जित निकाले आफ्नो दाबेदारी थप बलियो बनाउन सक्नेछ।
कमेन्ट गर्नुहोस्
view comments