कुलेखानी जलाशयमा पानीको सतह बढ्दै, १५२७ मिटर पुगे पहिलो साइरन बज्ने
16 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज ११ गते । निरन्तर वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएको छ। आज बिहान ५ बजेसम्म जलाशयमा पानीको सतह १ हजार ५२५ दशमलव ११ मिटर पुगेको छ। जलाशयमा अधिकतम १ हजार ५३० मिटरसम्म पानी भण्डारण गर्न सकिने क्षमता रहेको छ भने हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको जनाइएको छ। पछिल्ला दिनको तुलनामा वर्षाको मात्रा बढेसँगै जलाशयमा पानीको सतह पनि केही तीव्र गतिमा बढिरहेको छ।
पानीको सतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो साइरन बजाइनेछ। त्यसपछि क्रमशः तीन पटक साइरन बज्दा जलाशयको पानीको सतह १ हजार ५३० मिटर पुगेको संकेत हुनेछ। त्यस अवस्थामा बाँधको मुख्य ढोका क्रमशः खोलिने जनाइएको छ। लगातार वर्षा भइरहेकाले जलाशयको पानीको सतहमा थप वृद्धि हुन सक्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।
कमेन्ट गर्नुहोस्
view comments