पृथ्वी राजमार्ग बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द
12 घन्टा पहिले प्रकाशित
काठमाडौं, असोज ८ गते । लगातारको वर्षापछि बाढी, पहिरो र डुबानको जोखिम बढेपछि पृथ्वी राजमार्ग बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार सूचना जारी गर्दै मौसममा आएको परिवर्तनसँगै धादिङ र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा आगामी केही दिन भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि नौ घण्टा राजमार्ग बन्द गर्ने निर्णय गरिएको जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले उक्त अवधिमा पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधनको आवागमनमा रोक लगाइएको जनाएको छ। साथै यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिएको छ। यसैबीच, सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै सरकारले बिहीबार रातिदेखि नै बीपी राजमार्गमा समेत सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
कमेन्ट गर्नुहोस्
view comments