इरानमा रहेका सबै नेपाली सुरक्षित, परराष्ट्र मन्त्रालयले सतर्कता अपनाउन आग्रह
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, फाल्गुन १७ गते । मध्यपूर्वमा इजरायल–इरानबीच बढ्दो तनावका बीच इरानमा रहेका सम्पूर्ण नेपाली नागरिक सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विभिन्न प्रयोजनका लागि इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल फर्किसकेका छन् भने दुई जना फर्किने क्रममा छन्। बाँकी आठ जना इरानमै सुरक्षित छन् र नेपाली दूतावाससँग उनीहरूको निरन्तर सम्पर्क रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिएका छन्।
मन्त्रालयले मध्यपूर्वको विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेको बताउँदै इजरायल र इरानमा बसोबास गरिरहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सकेसम्म घरभित्रै बस्ने, आवश्यक सावधानी अपनाउने, स्थानीय नेपाली समुदायसँग नियमित सम्पर्कमा रहने तथा सम्बन्धित निकायको पूर्व स्वीकृति बिना यात्रा नगर्न निर्देशन दिइएको छ। यसैगरी नेपालबाट इजरायल वा इरान जाने सम्पूर्ण यात्रा रद्द गर्न पनि मन्त्रालयले आग्रह गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments