बङ्गलादेशमा हिन्दू अल्पसंख्यकमाथि हिंसा बढ्यो : नरसंहारको धम्कीपूर्ण ब्यानर, भारतमा विरोध

18 दिन पहिले प्रकाशित

एजेन्सी, पुष १३ गते ।  बङ्गलादेशमा शेख हसिना सरकारको पतनपछि हिन्दू अल्पसंख्यकमाथि हिंसाको सिलसिला फेरि तीव्र भएको छ । कट्टरपंथी नेता शरीफ उस्मान हादीको हत्यापछि हिन्दूहरू डरको छायाँमा बाँचिरहेका छन् । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसमाथि चरमपंथीहरूलाई समर्थन गरेको आरोप लाग्दै आएको छ । यो महिना ईशनिन्दाको झूटो आरोपमा दीपू चन्द्र दासलाई भीडले कुटपिट गरेर मारेर रुखमा बाँधेर जलाइएको थियो । त्यसपछि अर्को हिन्दूको हत्या भएको छ । अब चटगाँवको राउजन उपजिल्लामा हिन्दू र बौद्ध समुदायका २ लाख अनुयायीलाई मार्ने योजना भएको धम्कीपूर्ण ब्यानरहरू भेटिएका छन् ।

द सन्डे गार्जियनले प्रकाशित तस्बिरअनुसार राउजनमा जब्त ब्यानरमा लेखिएको छ, “राउजनमा हिन्दू र बौद्ध समुदायको कुनै निशान बाँकी रहने छैन ।” मङ्गलबार राउजनमै हिन्दू अनिल शीलको घरमा इस्लामिक भीडले आगो लगाएको थियो । घरलाई बाहिरबाट बन्द गरेर पूरै परिवारलाई जलाउने प्रयास भएको थियो । परिवारले बाड काटेर ज्यान बचाएको थियो । BDNEWS24 का अनुसार पछिल्ला हप्तामा राउजनमा धेरै हिन्दू घरमा यस्तै आगजनी भएको छ । पुलिसले केरोसिनमा भिजेका कपडा र केही राजनीतिक नेता तथा अधिकारीका नाम-नम्बर लेखिएका कागज बरामद गरेको छ ।

**हिंसाको तथ्याङ्क** :
- भारत सरकारका अनुसार अगस्ट २०२४ देखि अहिलेसम्म कम्तीमा २३ हिन्दूको मृत्यु र १५२ मन्दिरमा हमला ।
- २०२४ मा युनुस सत्तामा आएपछि २९०० भन्दा बढी हिंसा ।
- बङ्गलादेश सरकारले भने जनवरी-नोभेम्बर २०२४ मा १३८ घटना मात्र स्वीकार गरेको छ ।
- HRCBM का अनुसार जुन-डिसेम्बरबीच ईशनिन्दाका ७१ झूटा मुद्दामा हिन्दूहरूलाई फसाइएको ।
- रङ्पुर, चाँदपुर, चटगाँव, दिनाजपुर, खुलना, कोमिलालगायत ३० भन्दा बढी जिल्लामा हिंसा ।

चरमपंथीहरू हादीको हत्यालाई भारतसँग जोडेर हिन्दूबाट बदला लिइरहेका छन् । फेब्रुअरी २०२६ मा चुनाव नजिकिएकाले BNP, जमात-ए-इस्लामीजस्ता कट्टरपंथी दलहरूको प्रभाव बढ्ने डर छ । यी दलहरूले इस्लामी राज्य र शरिया कानुनको वकालत गर्दै आएका छन् । भारतमा पनि यो हिंसाविरुद्ध विरोध प्रदर्शन भइरहेका छन् । बङ्गलादेशका हिन्दूहरूको सुरक्षा र धार्मिक सहअस्तित्वको विषय अन्तर्राष्ट्रिय चासो बनेको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?