मेडिकल कलेजविरुद्धको आन्दोलनमा प्रहरी दमन : विद्यार्थी संगठनको आपत्ति
3 वर्ष पहिले प्रकाशित
मेडिकल कलेजको मनपरी शुल्कविरुद्ध जारी आन्दोलनमा भइरहेको प्रहरी दमनको संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका छन्।विराटनगरस्थित नोबेल मेडिकल र काठमाडौं मेडिकल कलेजहरूमा चलिरहेको विद्यार्थी आन्दोलनमा नागरिक समाज र अभिभावकहरुको ऐक्यबद्धताका लागि विद्यार्थी संगठनले अपिल जारी गरेको छ।
मंगलवार संयुक्त विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा देशभरका मेडिकल विद्यार्थी, अभिभावक,पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागि अपिल गरिएको हो।
नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अखिल ९क्रान्तिकारी० अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन वैद्यनिकट अखिल ९क्रान्तिकारी० का हरिकृष्ण गजुरेल, नेत्रविक्रम चन्द विप्लवनिकट विद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल छैटौँका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईद्वारा जारी विज्ञप्तिमा कलेज प्रशासको दुर्ब्यवहार र दमनको निन्दा गर्दै घाइते विद्यार्थीको स्वास्थ्यलाभको कामना गरिएको छ।
काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्कविरुद्ध चलेको आन्दोलनमा विद्यार्थी र कलेज प्रशासनबीच समझदारी कायम हुन नसक्दा आन्दोलन थप मुठभेडतर्फ अघि बढेको थियो।लामो समयसम्म विद्यार्थीका मागहरु सम्बोधन गर्न कलेज प्रशासन तयार नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले मागपत्र टाँसेर केएमसी प्रशासनमा दुई दिनअघि ताला लगाएको छन्। माग पूरा गर्नेतर्फ उदाशीनता देखाएको भन्दै सोमबार विद्यार्थीहरुबाट नोबेल प्रशासनविरुद्ध गरेको सिट्ठी जुलुसमा कलेज प्रशासनको हस्तक्षेप हुँदा विद्यार्थी नेताहरु ताजिम अन्सारी, दीपेन्द्र मेहता टेकेन क्षेत्री, उमेश सेन्चुरी, सोयब अन्सारी, शहिल झासहित १२ जना बढी विद्यार्थी घइते भएका छन्।शान्तिपूर्ण कार्यक्रममा दमन गरेकोमा आक्रोशित विद्यार्थी संगठनले इँटाको जवाफ पत्थरले दिने भन्दै समस्या समाधानमा पहल नगरे थप कडा संघर्षमा उत्रने चेतावनी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments