‘नीतीश कुमार बिहारका लागि वरदान, जति दिन बाँच्छन् उति दिन सीएम रहन्छन्’ : खान सर

13 दिन पहिले प्रकाशित

एजेन्सी, मंसिर २ गते । बिहार विधानसभा चुनाव २०२५ मा एनडीएले २०२ सिटसहित प्रचण्ड बहुमत हासिल गरेपछि पटनाका चर्चित कोचिङ शिक्षक खान सर (खान जीएस) को एउटा पुरानो अन्तर्वार्ता फेरि भाइरल बनेको छ। एएनआईलाई दिएको उक्त अन्तर्वार्तामा खान सरले मुख्यमन्त्री नीतीश कुमारको विकास कार्यको प्रशंसा गर्दै भनेका थिए– “नीतीश कुमार बिहारका लागि सधैं वरदान रहे, उनी जति दिन बाँच्छन् उति दिन नै बिहारको सीएम रहन्छन्।” स्वास्थ्य कमजोर भए पनि नीतीशले सडक, बिजुली, पुल र आधारभूत पूर्वाधारमा उल्लेखनीय काम गरेको भन्दै उनले तारीफ गरेका थिए। “शेर पनि एक दिन बूढो हुन्छ” भन्दै स्वास्थ्यले निर्णय प्रक्रियामा असर परेको तर नीतीशको योगदान अतुलनीय रहेको बताएका थिए।

चुनाव नतिजापछि खान सरको यो भनाइ सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेको छ। जद(यू) ले २०२० को ४३ सिटबाट उछाल मार्दै यसपटक ८५ सिट जितेपछि नीतीश कुमारको ग्रामीण पकड र जातीय समीकरणको कुशल व्यवस्थापनलाई यो सफलताको मुख्य कारण मानिएको छ। एनडीएको यो बम्पर जितसँगै नीतीश कुमार रेकर्ड दसौं पटक मुख्यमन्त्री बन्ने निश्चित जस्तै भएको छ भने खान सरको पुरानो भनाइले उनको राजनीतिक दीर्घायु र लोकप्रियताको पुनः पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?