बिहार चुनावको प्रभाव दिल्लीसम्म, राज्यसभा मा NDA झन् सशक्त बन्ने संकेत

22 घन्टा पहिले प्रकाशित

एजेन्सी, कार्तिक २९ गते ।  बिहार विधानसभा चुनाव 2025 का नतिजाले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (NDA) लाई स्पष्ट बहुमत मात्र होइन, बलियो जनादेश पनि दिलाएको छ। यो ऐतिहासिक जितपछि यसको प्रत्यक्ष प्रभाव अब दिल्लीको राजनीतिक समीकरणमा देखिन जाने निश्चित मानिएको छ। दिल्लीमा प्रभाव पर्ने मतलब सत्ता साझेदारीमा बार्गेनिङ होइन, तर उच्च सदन अर्थात् राज्यसभामा NDA को पकड अझै मजबुत हुने हो, जुन पूर्ण रूपमा बिहारका नतिजाले सम्भव बनाएको हो।

बिहारको विधानसभा संरचनाले राज्यसभाको समीकरण ठोस रूपमा प्रभावित गर्छ। राज्यसभामा बिहारका १६ सिट छन्, जसमा हाल NDA का १० र विपक्षका ६ (५ आरजेडी, १ कांग्रेस) सदस्य छन्। आगामी वर्ष अप्रिल र जुलाईमा धेरै सांसदहरूको कार्यकाल समाप्त हुँदैछ, र नयाँ गणितमा NDA को सिट संख्या स्वतः बढ्ने अनुमान गरिएको छ। दिल्ली, महाराष्ट्र र हरियाणा राज्यमा विपक्ष कमजोर बनेसँगै, राज्यसभामा उनीहरूको संख्या घट्दो क्रममा छ। विशेषज्ञहरूको भनाइमा, आगामी महिनाहरूमा विधेयक पारित गराउने क्रममा केन्द्र सरकारलाई कुनै ठूलो चुनौती पर्ने सम्भावना देखिँदैन। विपक्षका लागि भने हारको सिलसिलासँगै राज्यसभामा 'एडजस्टमेन्ट' गर्ने समस्या झन् जटिल बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?