दुलारचंद यादवको हत्या : अपराध र राजनीतिबीचको गठजोडले फेरि उडायो रगतका छिटा

3 दिन पहिले प्रकाशित

एजेन्सी, कार्तिक १४ गते ।बिहारका चर्चित बाहुबली नेता दुलारचंद यादवको हत्या पछि राज्यको राजनीति फेरि अशान्त बनेको छ। टाल क्षेत्रका आतंकका रूपमा परिचित दुलारचंद यादव १९९० को दशकमा लालु यादवको नजिकका सहयोगी थिए। लालु सरकारको उदयसँगै दुलारचंदको प्रभाव पनि तीव्र बढेको थियो। त्यतिबेला विपक्षका नेता जगन्नाथ मिश्रले लालु यादवमाथि जातीय आधारमा अपराधीहरूलाई संरक्षण र संगठित गर्ने आरोपसमेत लगाएका थिए।

राजदका लागि समर्पित दुलारचंदले अन्तिम समयसम्म लालु यादवलाई आफ्नो राजनीतिक गुरुका रूपमा सम्मान गरेका थिए। २०१० सम्म उनीमाथि हत्या, अपहरण र जबरजस्ती करणीसहित १२ भन्दा बढी आपराधिक मुद्दा दर्ता थिए। राजनीतिक उचाइ खोज्दै उनले १९९५ र २०१० मा बाढ क्षेत्रबाट चुनाव लडे, तर क्रमशः १०५ र ५९८ मतमा सीमित रहे। अपराधीक प्रभाव त जमाए तर जनसमर्थन जुटाउन सकेनन्।

२०१९ मा उनले अनन्त सिंहकी पत्नी नीलम देवीका लागि प्रचारसमेत गरेका थिए, तर त्यसले पनि परिणाम परिवर्तन गर्न सकेन। आज उनको हत्या केवल एक व्यक्ति वा अपराधको अन्त्य होइन, बरु बिहारमा राजनीति र अपराधबीचको पुरानो सम्बन्धमाथि पुनः प्रश्न उठाउने घटना बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?