अभिनेता विजयले र्‍याली दुर्घटनाका मृतक परिवार र घाइतेलाई आर्थिक सहायता दिने घोषणा

14 दिन पहिले प्रकाशित

एजेन्सी, असोज १२ गते ।  अभिनेता र तमिल वेट्री कडगम (टीभीके) अध्यक्ष विजयले आफ्नो र्‍यालीका क्रममा भएको दुर्घटनामा मृत्यु हुनेका परिवार र घाइतेहरूको लागि आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्। उनले माइक्रोब्लगिङ साइटमार्फत जानकारी दिँदै भनेका छन्, “दुर्घटनामा आफ्ना प्रियजन गुमाएका प्रत्येक परिवारलाई २० लाख भारु र उपचाररत घाइतेहरूलाई २ लाख भारु प्रदान गरिनेछ। ठूलो क्षतिको यो समयमा रकम पर्याप्त नहुन सक्छ, तर मेरो कर्तव्य हो कि म तपाईंहरूको साथमा उभिऊँ।”

तमिलनाडुका स्वास्थ्य सचिव पी. सेनथिल कुमारका अनुसार, उक्त दुर्घटनामा ३९ जनाको मृत्यु भएको थियो। मृतकमध्ये १७ महिला, १३ पुरुष, ४ केटा र ५ केटी छन्। ३० जनाको पोष्टमार्टम सम्पन्न भइसकेको छ र शवहरू परिवारलाई हस्तान्तरण गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?