बिहारको सीतामढीमा भाजपा विधायक मिथिलेश कुमारको शस्त्र-शास्त्र वितरण: सनातन रक्षाका लागि आवश्यक

19 दिन पहिले प्रकाशित

एजेन्सी, असोज ७ गते । बिहारको सीतामढी निर्वाचन क्षेत्रबाट भाजपा विधायक मिथिलेश कुमार फेरि एकपटक चर्चामा छन्। उनको विशिष्ट शैलीले गर्दा उनी प्रायः सुर्खीमा आउँछन्, र धेरैले यसको प्रशंसा पनि गर्छन्। विधायकले शहर र ग्रामीण क्षेत्रका पूजा समितिका पदाधिकारी तथा सदस्यहरूलाई शास्त्र (जस्तै रामायण) र शस्त्र (त्रिशूल र तलवार) वितरण गर्दै आएका छन्। यो पहललाई शस्त्र वितरणका कारण केहीले अस्वीकार्य मानेका छन्, तर ठूलो जनसमुदायले यसलाई स्वागत गरेको छ।

गत वर्ष पनि मिथिलेशले पूजा समितिहरू र अन्यलाई सनातन धर्मसँग जोडिएका शास्त्रहरू र शस्त्रहरू (त्रिशूल र तलवार) वितरण गरेका थिए। सामाजिक सञ्जालमा यसको प्रशंसा भए पनि सनातन विरोधीहरूबाट आलोचना पनि भयो, तर यसले उनलाई असर गरेको थिएन। यसैले उनी धेरैजसो पूजा स्थलहरूमा पुगेर वितरण गर्थे र यो वर्ष पनि जारी राखेका छन्। विधायकका अनुसार, सनातनको रक्षा शस्त्र र शास्त्र दुवैबाट सम्भव छ, जसरी धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?