बागी ४’ को कमाइमा दोस्रो दिनमै गिरावट
3 महीना पहिले प्रकाशित
एजेन्सी,भदौ २२ गते । टाइगर श्राफ र सञ्जय दत्त अभिनीत एक्सन फिल्म ‘बागी ४’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । बागी फ्रेन्चाइजको चौथो शृङ्खलाप्रति दर्शकमाझ उच्च अपेक्षा भए पनि समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको भारतीय संचारमाध्यमहरूले जनाएका छन् । यसको प्रत्यक्ष असर बक्स अफिसमा देखिएको छ । स्याक्निल्क डट कमका अनुसार दोस्रो दिन शनिबार फिल्मले ९ करोड भारू मात्रै कमाइ गर्न सफल भएको छ, जुन पहिलो दिनको १२ करोड भारूको तुलनामा ३३ प्रतिशत कम हो । दुई दिनमा जम्मा २१ करोड भारू संकलन भएको छ ।
फिल्मको कमाइ विकेन्डमा बढ्ने अनुमान गरिए पनि दोस्रो दिनमै आएको गिरावटलाई ‘बागी ४’ का लागि चिन्ताजनक संकेतका रूपमा लिइएको छ । अब आगामी दिनमा फिल्मले पुनः गति लिन सक्छ वा सक्दैन भन्ने कुराले यसको बक्स अफिसको भविष्य निर्धारण गर्नेछ । सन् २०१६ मा टाइगर श्राफ र श्रद्धा कपुरको ‘बागी’ बाट सुरु भएको यो फ्रेन्चाइजमा पछिल्ला शृङ्खलामा दिशा पटानी, मनोज बाजपेयी, रितेश देशमुखलगायत कलाकार देखिएका थिए । ‘बागी ४’ मा टाइगर श्राफसँगै हरनाज सन्धु, सोनम बाजवा र सञ्जय दत्तको अभिनय छ । ए. हर्षा निर्देशित र साजिद नाडियाडवाला निर्मित यो फिल्म नेपालका हलहरूमा समेत प्रदर्शन भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
view comments