अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प, मृत्यु आठ सय नाघ्यो
2 दिन पहिले प्रकाशित

एजेन्सी,भदौ १७ गते । अफगानिस्तानको नांगरहार प्रान्त नजिक आइतबार राति गएको ६ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या ८०० नाघेको छ। भूकम्पमा परेर कम्तीमा २,५०० जना घाइते भएको न्यूयोर्क टाइम्सले जनाएको छ। अधिकारीहरूले मृतक संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। कम्पन जलालाबाददेखि उत्तरपूर्वमा १७ किलोमिटर टाढा केन्द्रित थियो, तर सबैभन्दा ठूलो क्षति उत्तरी कुनार प्रान्तमा भएको छ, जहाँ ढुंगामाटोका घरहरू भत्किएका छन्।
धक्का राजधानी काबुलदेखि पाकिस्तानको इस्लामाबादसम्म महसुस गरिएको थियो। ६ म्याग्निच्युडको भूकम्पपछि ४.५ देखि ५.२ तीव्रताका तीन पराकम्प आएका थिए। तालिबान सरकारले राहत र उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सीमित स्रोतका कारण हेलिकप्टरसहित तत्काल सहायताको आवश्यकता रहेको जनाएको छ। सन् २०२२ मा पनि ५.९ को भूकम्पमा कम्तीमा १,३०० जनाले ज्यान गुमाएका थिए।
कमेन्ट गर्नुहोस्
view comments