मनेर काण्ड: पीड़ित परिवारसँग भेटे तेजप्रताप यादव, विधायक भाई वीरेंद्रलाई ‘गधा’ भन्दै गरे प्रहार
3 दिन पहिले प्रकाशित

एजेन्सी, भदौ १६ गते । बिहारको मनेरमा नाबालिग बालिकाको हत्या र कथित बलात्कार प्रकरणले राजनीतिक तहल्का मच्चाइरहेको छ। यसैबीच पूर्व मन्त्री तथा राजद विधायक तेजप्रताप यादव आइतबार पीड़ित परिवारसँग भेट गर्न पुगे।
तेजप्रतापले परिवारलाई ढाढस दिँदै आर्थिक सहयोग गरे र पीड़ित बालिकाको तस्वीरमा फूल चढाएर श्रद्धाञ्जलि अर्पण गरे। भेटका क्रममा उनले स्थानीय विधायक भाई वीरेंद्रको नाम नलिए पनि तीव्र आलोचना गर्दै भने– “यहां का विधायक गधा है, जो अभी तक पीड़ित परिवार से मिलने नहीं आया।” यसअघि पनि उनले भाई वीरेंद्रलाई 'बैल' भनेका थिए।
तेजप्रतापले भने कि जनता दुःखमा हुँदा जनप्रतिनिधि मौन बस्नु गैरजिम्मेवारी हो। उनले बिहार सरकार र प्रशासनमाथि पनि गम्भीर आरोप लगाउँदै अपराधीलाई कारबाहीमा ढिलाइ गरिएको दाबी गरे।
तेजप्रताप यादवले भने– “यदि प्रशासन इमानदारीपूर्वक काम गर्थ्यो भने अपराधी तुरुन्त पक्रिन्थ्यो। यस घटनाले पूरै बिहारलाई हल्लाइदिएको छ।”
उनले सरकारसँग पीड़ित परिवारलाई सहयोग गर्न र दोषीलाई कडाभन्दा कडा सजाय दिलाउन माग गरे। उनका अनुसार हालसम्म एक आरोपी मात्रै पक्राउ परेका छन् भने बाँकी अपराधी अझै फरार छन्। तेजप्रतापले पीड़ित परिवारलाई न्याय दिलाउन नसकेसम्म आन्दोलन गर्ने चेतावनी पनि दिए।
कमेन्ट गर्नुहोस्
view comments