मतदाता अधिकार यात्रामा पूर्णियामा राहुल गान्धीको ‘बुलेट बाइक’ अवतार
2 महीना पहिले प्रकाशित

एजेन्सी,भदौ ८ गते ।आइतबार पूर्णियामा पुगेका भारतीय कांग्रेस नेता राहुल गान्धी मतदाता अधिकार यात्राको क्रममा अनौठो शैलीमा देखिए। उनी सडकमा बुलेट मोटरसाइकल चलाउँदै अगाडि बढ्दा पछाडिको सिटमा बिहार कांग्रेसका अध्यक्ष राजेश राम बसेका थिए। त्यहीबीच राजद नेता तेजस्वी यादव अर्को मोटरसाइकलमा देखिएका थिए। दुवै नेतासँगै कार्यकर्ताहरू नाराबाजी गर्दै बाइक र्यालीमा सहभागी भए। कांग्रेसले राहुल गान्धीको यो बाइक यात्राको भिडियो सार्वजनिक गरेपछि कार्यकर्ताहरूको उत्साह चरममा पुगेको थियो।
राजनीतिक विश्लेषकहरूको भनाइमा राहुल गान्धीको यस्तो प्रस्तुति जनतासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने प्रयास हो। यसअघि पनि उनी मखाना मजदुरबीच पुगेर भट्टीमा मखाना निकाल्दा देखिएका थिए। शनिबार त उनी खुट्टा नाङ्गै पार्दै पानीले भरिएका खेतमा उत्रिएर किसानसँग भेटघाट गरेका थिए। किसान र व्यापारीसँग उद्योगका समस्या सुन्दै उनले सामान्य नागरिकझैँ प्रस्तुत भएर जनसमर्थन जुटाउने रणनीति अघि बढाइरहेको विश्लेषकहरूको टिप्पणी छ।
कमेन्ट गर्नुहोस्
view comments