भारतले अनलाइन जुवामा पूर्ण प्रतिबन्ध लागू गर्यो
2 महीना पहिले प्रकाशित

एजेन्सी, भदौ ६ गते । भारतको संसदले अब अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने नयाँ कानून पारित गरेको छ। सरकारले सार्वजनिक गरेका तथ्याङ्क अनुसार देशभर करिब ४५ करोड मानिसले अनलाइन जुवा खेलेर प्रत्येक वर्ष २.३ अर्ब अमेरिकी डलर गुमाइरहेका थिए। नयाँ ‘अनलाइन गेमिङ प्रवद्र्धन तथा नियमन विधेयक’ बिहीबार दुवै सदनबाट पारित भएको हो, जसअनुसार अनलाइन तास, पोकर जस्ता खेलमा संलग्न हुने, यसको प्रचार गर्ने वा वित्तीय लगानी गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद सजाय हुनसक्नेछ।
सरकारले जनाएको छ कि कानूनको उद्देश्य प्रयोगकर्तालाई झूटो आशामा फसाउने, लत लाग्ने, आर्थिक र सामाजिक संकट निम्त्याउने प्लेटफर्महरू नियन्त्रण गर्नु हो। यसले ठगी, अवैध पैसाको कारोबार र आतङ्कवादको वित्तीय स्रोतसँग पनि जुवा प्लेटफर्महरू जोडिएको देखिएकोले पूर्ण प्रतिबन्ध आवश्यक भएको छ। तर ई–स्पोट्र्स र शैक्षिक खेलहरूलाई छुट दिइएको छ, जसले डिजिटल अर्थतन्त्र र सकारात्मक प्रतिस्पर्धात्मक खेललाई प्रोत्साहन गर्नेछ। प्रविधिमन्त्री अश्विनी वैष्णवका अनुसार नयाँ कानूनले ठगीपूर्ण अनलाइन जुवा र निर्माणात्मक डिजिटल खेलबीच स्पष्ट भेद गर्दै समाजलाई यसको नकारात्मक प्रभावबाट जोगाउने उद्देश्य राखेको छ।
कमेन्ट गर्नुहोस्
view comments