पतिले चाह्यो नोरा फतेही जस्ती श्रीमती, रोज ३ घण्टा व्यायामको दवाव, थानामा पुग्यो मुद्दा

4 घन्टा पहिले प्रकाशित

एजेन्सी, भदौ ४ गते ।  उत्तर प्रदेशको गाजियाबादमा एक महिलाले आफ्नो पति र ससुराली पक्षविरुद्ध महिला थानामा गम्भीर उजुरी दर्ता गरेकी छन्। उनले सनसनीपूर्ण खुलासा गर्दै आरोप लगाएकी छन् कि उनका पति उनलाई बलिउड अभिनेत्री नोरा फतेही जस्ती देखिन र बन्न बाध्य पार्थे, जसका लागि दैनिक ३ घण्टा व्यायाम गर्न दवाव दिन्थे। थकान वा स्वास्थ्य समस्याका कारण व्यायाम नगरेमा उनलाई धेरै दिनसम्म खाना समेत नदिइने गरेको उनको भनाइ छ। यो घटना मार्च २०२५ मा भएको उनीहरूको भव्य विवाहपछि सुरु भएको हो, जुनमा गरगहना, २४ लाखको महिन्द्रा स्कर्पियो, १० लाख नगदसहित करिब ७६ लाख खर्च भएको थियो। तर विवाहपछि पनि पति शिवम उज्ज्वल र ससुरालीले लगातार जग्गा, नगद र महँगो सामानको माग गरे, र उनलाई तानेर "नोरा फतेही जस्ती सुन्दरी पाउन सक्थें" भन्दै अपमान गरेको आरोप छ।

महिलाले गम्भीर आरोप लगाउँदै भनिन् कि पति सोसल मिडियामा अश्लील तस्बिर र भिडियो हेर्ने र विरोध गरेपछि कुटपिट गरी चुप गराउने गरेको थिए। सास, ससुर र नन्दले मानसिक र शारीरिक यातना, गालीगलौज र बारम्बार दाइजो माग्ने गरेको दाबी गरेकी छन्, जसमा कपडा, ओभन र गरगहना ल्याउन दवाव समेत दिइएको थियो। विवाहपछि गर्भवती हुँदा समेत ससुरालीले हानिकारक खानेकुरा खुवाएर उनको स्वास्थ्य बिगारे, जुलाई २०२५ मा अत्यधिक रक्तश्राव र पीडाले अस्पताल भर्ना हुँदा गर्भपात भएको डाक्टरले बताए। माइती गएपछि वीडियो कलमार्फत पति, सास र नन्दले गाली र तलाकको धम्की दिए। २६ जुलाईमा माइतीसँग ससुराली फर्किंदा घर प्रवेश निषेध गरियो र तीज-त्यौहारमा दिएको गरगहना फिर्ता गर्न अस्वीकार गरियो। पीडिताले पति, सास, ससुर र नन्दविरुद्ध दाइजो यातना, घरेलु हिंसा, गर्भपात, धम्की र ब्ल्याकमेलिङको आरोप लगाई कडा कारबाहीको माग गरेकी छन्, र प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?