नवजात शिशु बदलिएको आरोपमा मुजफ्फरपुर अस्पतालमा हंगामा
4 घन्टा पहिले प्रकाशित

एजेन्सी, भदौ ४ गते । बिहारको मुजफ्फरपुरस्थित एसकेएमसीएच अन्तर्गत एमसीएचमा प्रसूति भएकी महिलालाई नर्सले छोरा जन्मिएको जानकारी दिएपछि परिवारमा खुसी छाएको थियो। तर, जब परिवारले जच्चा र शिशुलाई घर लगेपछि बच्चा छोरी भएको थाहा पाए। यसपछि पीडित परिवारले अस्पतालमै पुगेर हंगामा गरे र नर्समाथि नवजात शिशु बदलिएको आरोप लगाए। अस्पतालको बेड हेड टिकट (बीएचटी) मा समेत नवजातलाई छोरा भनेर अभिलेख गरिएको पाइएको छ।
घटना सार्वजनिक भएपछि एसडीपीओ-२ विनीता सिन्हाले अनुसन्धान सुरु गरिन् भने विभागीय प्रमुख डा. प्रतिमा कुमारीसहित अस्पताल प्रशासनले आन्तरिक छानबिन अघि बढाएको छ। बीजेछपरा गाउँकी प्रसूता चंचला कुमारीका पति अजीत कुमारले मंगलबार बिहान ६:५० बजे पत्नीले बच्चा जन्माएको र नर्सले छोरा भएको बताएका थिए। करिब दस बजे आमा र बच्चालाई घर लगेपछि बच्चा छोरी भएको पत्ता लागेपछि विवाद चर्किएको थियो। अस्पताल प्रशासनले परिवारलाई शान्त पार्ने प्रयास गर्दै छानबिनपछि सत्य तथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments