2047 सम्म ‘विकसित भारत’को लक्ष्य, प्रधानमन्त्री मोदीद्वारा नयाँ सुधार कार्यबल गठनको घोषणा
20 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण ३० गते । ७९औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार ‘अगली पीढ़ी’का सुधारहरूलाई गति दिन विशेष कार्यबल गठनको घोषणा गरे। उनले २०४७ सम्म ‘विकसित भारत’ बनाउने लक्ष्यसहित देशलाई २१औँ शताब्दीको आवश्यकता अनुसार तयार पारिने बताए। यो कार्यबलले तोकिएको समयभित्र विद्यमान कानुनहरूको समीक्षा गरी तिनलाई आधुनिक आवश्यकतासँग मेल खाने गरी परिमार्जन गर्नेछ। मोदीका अनुसार, यस प्रयासबाट राष्ट्र आत्मनिर्भर बन्ने मार्गमा थप मजबुत आधार तयार हुनेछ।
मोदीले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) विस्तार, अनावश्यक कानुन खारेज, नियमहरू सरलीकरण, तथा अनुपालन बोझ घटाउनेजस्ता क्षेत्रमा सरकारले पहिले नै महत्त्वपूर्ण सुधार गरिसकेको उल्लेख गरे। आयकर कानुनमा समेत सुधार भएको र साना उल्लङ्घनहरूलाई अपराधको सूचीबाट हटाउने विधेयक अर्को साताबाट संसदमा पेश गरिने बताए। उनका अनुसार, आर्थिक वृद्धि तीव्र पार्न र विकसित राष्ट्रको लक्ष्य पूरा गर्न अझ धेरै सुधार आवश्यक छन्।
कमेन्ट गर्नुहोस्
view comments