बिहारको कटिहारमा ‘जादूटोना’ आरोपमा दुईजनामाथि अमानवीय व्यवहार, दुई अभियुक्त पक्राउ
2 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण २९ गते । कटिहार जिल्लाको बरारी थाना क्षेत्रअन्तर्गत कादर मण्डल टोल, वार्ड नम्बर ४ मा मानवीय संवेदनालाई लज्जित बनाउने घटना सार्वजनिक भएको छ। स्थानीयहरूले ‘डायन र भूत भगाउने’ शंका गर्दै उमेश मण्डल र मोहम्मद इकबाललाई विद्युतीय पोलमा बाँधेर कुटपिट मात्र होइन, जबरजस्ती फोहोर पदार्थ पिलाएर भिडियो खिची सामाजिक सञ्जालमा भाइरल गरेका छन्। घटनापछि बरारी प्रहरीले ती दुई पीडितलाई उद्धार गरेको हो।
पश्चिमी बारीनगर पंचायतको वार्ड नम्बर ४, मरघियामा घटेको यस घटनामा संलग्न आरोपमा प्रहरीले रूपेश मण्डल र हीरो मण्डललाई पक्राउ गरेको छ। पीडित पक्षका उमेश मण्डलले दर्ता गरेको उजुरीअनुसार, गत सोमबार बिहान शौच गर्न गएका बेला गाउँकै केही व्यक्तिहरूले जादूटोना गरेको आरोप लगाउँदै बाँधेर कुटपिट गरेका थिए। यसै क्रममा जबरजस्ती गंदगी पिलाई उक्त दृश्य इन्टरनेटमा फैलाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments