निर्वाचन आयोगको प्रतिक्रिया: ‘वोट चोरी’ जस्तो शब्द प्रयोग नगरी प्रमाण पेश गर्न कांग्रेसलाई आग्रह

2 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण २९ गते ।  मतदाता तथ्याङ्कमा हेरफेर भएको आरोपबारे कांग्रेस नेता राहुल गान्धीका लगातार टिप्पणीको बीचमा निर्वाचन आयोगले बिहीबार प्रतिक्रिया जनाउँदै ‘वोट चोरी’ जस्ता अपमानजनक शब्द प्रयोग गरी झुटा विमर्श सिर्जना गर्नुको सट्टा ठोस प्रमाण पेश गर्नुपर्ने बताएका छन्। आयोगले विज्ञप्तिमा ‘एक व्यक्ति, एक मत’ भन्ने सिद्धान्त १९५१-५२ मा सम्पन्न पहिलो आम निर्वाचनदेखि नै लागू हुँदै आएको स्पष्ट पारेको छ।

आयोगका अनुसार यदि कसैसँग एउटै व्यक्तिले एउटै चुनावमा दुई पटक मतदान गरेको प्रमाण छ भने, सम्पूर्ण भारतीय मतदातालाई प्रमाणबिनै ‘चोर’ ठहर गर्ने प्रवृत्ति बन्द गरी, त्यस्ता प्रमाणहरू लिखित हलफनामासहित निर्वाचन आयोगमा बुझाउनुपर्ने हुन्छ। आयोगले ‘वोट चोरी’ जस्तो शब्द प्रयोग गरेर झुटो धारणा फैलाउनु करोडौं मतदाता र लाखौं निर्वाचनकर्मीको ईमानदारीमाथि प्रत्यक्ष प्रहार भएको उल्लेख गरेको छ। यसअघि, गान्धीले २०२४ को निर्वाचनमा बेंगलुरु मध्यस्थित महादेवपुरा विधानसभा क्षेत्रमा एक लाखभन्दा बढी मत चोरी भएको दाबी गर्दै, यसकै कारण कांग्रेस उम्मेदवार पराजित भएको आरोप लगाएका थिए। आयोगले यसबारे गान्धीलाई लिखित शपथपत्र पेश गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?