आवारा कुकुर हटाउने सुप्रीम कोर्टको आदेशप्रति राहुल गान्धीको आपत्ति, ‘मानवीय नीति’बाट पछि हटेको टिप्पणी
5 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण २७ गते । भारतको सर्वोच्च अदालतले दिल्ली–एनसीआरका सडकमा रहेका सबै आवारा कुकुर हटाउन आदेश दिएपछि कांग्रेस नेता राहुल गान्धीले आपत्ति जनाएका छन्। उनले यो निर्णय दशौँ वर्षदेखि लागू हुँदै आएको मानवीय र विज्ञान–आधारित नीतिबाट पछि हटेको भन्दै आलोचना गरे। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत गान्धीले यी बेजुबान जनावरलाई समाप्त गर्नु समाधान नभएको उल्लेख गर्दै आश्रय गृह, नसबन्दी, खोप तथा सामुदायिक हेरचाहलाई प्राथमिकता दिन आग्रह गरे। उनका अनुसार यसरी सार्वजनिक सुरक्षा कायम राख्दा जनावरमाथि क्रूरता नगरी समस्या समाधान गर्न सकिन्छ।
सर्वोच्च अदालतको आदेशअनुसार दिल्ली सरकार, एमसिडी, एनडीएमसी र नोएडा, गाजियाबाद तथा गुडगाँवका अधिकारीहरूले आवारा कुकुरलाई सडकबाट हटाएर शेल्टर होममा राख्ने व्यवस्था मिलाउनुपर्नेछ। न्यायाधीश जे.बी. पारदीवाला र आर. महादेवनको इजलासले आवारा कुकुर आक्रमणमा बढ्दो घटनालाई गम्भीर मान्दै स्वतः संज्ञानमा लिएर यो आदेश जारी गरेको हो। साथै, कुकुर नियन्त्रणमा अवरोध पुर्याउने व्यक्तिविरुद्ध अदालतको अवमाननाको कारबाही गरिने चेतावनी दिइएको छ।
कमेन्ट गर्नुहोस्
view comments