बिहार चुनाव पूर्व नीतीश कुमारका छोरा निशान्तको राजनीतिक प्रवेशको चर्चा तातेको
2 दिन पहिले प्रकाशित

एजेन्सी,श्रावण २६ गते । बिहार विधानसभा चुनाव नजिकिँदै गर्दा मुख्यमन्त्री नीतीश कुमारका छोरा निशान्त कुमारको राजनीतिक प्रवेशबारे अटकलहरू तीव्र भएका छन्। आइतबार निशान्तले सर्वसाधारणसँग भेटघाट गर्दै राज्य सरकारका योजनाबारे छलफल गरेपछि चर्चा झनै बढेको हो। यसबीचमा जेडीयूका वरिष्ठ नेता केसी त्यागीले अन्तिम निर्णय नीतीश कुमारकै हुने बताएका छन्। उनका अनुसार पार्टीका कार्यकर्ता र नेताहरूमा नीतीशप्रति विश्वास कायम छ र उनीहरूको नेतृत्वमा पुनः एनडीए सरकार गठन हुनेमा आफूहरू आशावादी छन्।
आगामी चुनावमा निशान्तलाई हरनौत निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाइने सम्भावना देखिएको छ, जुन क्षेत्रबाट नीतीश कुमार स्वयं पनि विधायक रहिसकेका छन्। पछिल्ला दिनहरूमा जेडीयू कार्यालय वरिपरि निशान्तको तस्बिरसहित ‘चुनाव लड्नुपर्ने’ माग राखिएका पोस्टर टाँसिएपछि चर्चा तातिएको हो। यसअघि उनको जन्मदिनमा पनि ‘बिहारको माग सुन्ने’ भनिएको पोस्टर सार्वजनिक भएपछि राजनीतिक प्रवेशबारे अटकलहरू थप बलियो भएका थिए।
कमेन्ट गर्नुहोस्
view comments