"दुर्गा बन, काली बन, तर बुर्का नबन": बुरहानपुर घटनामा आक्रोशित भए बागेश्वर बाबा धीरेंद्र शास्त्री

18 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण २० गते । बागेश्वर धामका प्रमुख धीरेंद्र कृष्ण शास्त्रीले बुरहानपुरमा एक युवतीको हत्या र मालेगाँव ब्लास्ट केसमा अदालतबाट आरोपीहरूको रिहाइको सन्दर्भमा कडा प्रतिक्रिया जनाएका छन्। साध्वी प्रज्ञासहित सात जना आरोपीको बरी भएपछि उनले 'भगवा आतंकवाद' भन्ने अवधारणा नै सनातन धर्मलाई बदनाम गर्ने साजिश भएको बताए। उनले भनाइमा जोड दिँदै भने, "भगवा आतंकवाद भन्ने कुरा कहिल्यै थियोैन, न त हुनेछ।"

बुरहानपुरमा हिन्दू युवतीको हत्या घटनाले उनी भावुक र आक्रोशित बने। उनले ‘थुक जिहाद’, ‘लव जिहाद’ र ‘ल्याण्ड जिहाद’ जस्ता साजिशको आरोप लगाउँदै हिन्दू समुदायलाई सजग रहन आग्रह गरे। विशेषगरी हिन्दू छोरीहरूलाई लक्षित गर्दै उनले भने, "दुर्गा बन, काली बन, तर बुर्का नबन।"

उनका अनुसार केही मानसिक रूपमा विकृत सोच भएका व्यक्तिहरू हिन्दू युवतीहरूलाई प्रेमजालमा फसाएर आफ्नो उद्देश्य पूरा नभएपछि हत्या गर्छन्। यस्तो अवस्थाको अन्त्यका लागि युवतीहरूलाई जागरुक र आत्मरक्षामा सक्षम बन्न आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?