एयर इन्डियाको विमानमा देखिए साङ्ला, दुई यात्रुहरूले सिट परिवर्तन गर्नुपर्‍यो

2 दिन पहिले प्रकाशित

एजेन्सी, श्रावण १९ गते ।सैन फ्रान्सिस्कोबाट कोलकाता हुँदै मुम्बई जाँदै गरेको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान AI180 मा दुई जना यात्रुहरू त्यतिबेला असजिलो महसुस गर्न थाले जब उनीहरूले आफ्नो सिटको वरिपरि साङ्ला देखे। घटनापछि केबिन क्रुले ती यात्रुहरूलाई सोही केबिनको अन्य सिटमा सारिदियो, जहाँबाट उनीहरूले कोलकाता सम्मको यात्रा आरामपूर्वक गरे। कोलकातामा विमानको गहिरो सरसफाइ गरिएपछि विमान समयमै मुम्बईतर्फ उडाइएको थियो।

एयर इन्डियाका प्रवक्ताले यो घटनालाई दुर्भाग्यपूर्ण बताउँदै साङ्ला कसरी विमानमा छिरे भन्नेबारे छानबिन गरिने बताए। भविष्यमा यस्ता घटना नदोहोरिउन् भन्नका लागि आवश्यक कदम चालिने पनि स्पष्ट पारियो। प्रवक्ताका अनुसार कम्पनीले नियमित रूपमा फगिङ प्रक्रिया अपनाउने गर्छ, तर ग्राउन्ड अपरेशनका क्रममा कहिलेकाहीँ यस्तो समस्या देखिन सक्छ। यात्रुहरूलाई परेको असुविधाप्रति एयर इन्डियाले क्षमायाचना पनि गरेको छ।

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?