तिरुमला मन्दिरमा चेन्नईको कम्पनीद्वारा २.५ किलो सुनको शङ्ख र चक्र दान, मूल्य करिब २.४ करोड
16 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण १३ गते । तमिलनाडुको चेन्नईस्थित सुदर्शन इन्टरप्राइजेजले आन्ध्र प्रदेशको प्रसिद्ध तिरुमला मन्दिर (श्री वेंकटेश्वर स्वामी मन्दिर) मा करिब २.५ किलोग्राम तौल भएको सुनको शङ्ख र चक्र दान गरेको छ, जसको अनुमानित मूल्य २.४ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ। मंगलबार बिहान कम्पनीका प्रतिनिधिहरूले उक्त चढुवा तिरुमला तिरुपति देवस्थानम (TTD) का अतिरिक्त कार्यकारी अधिकृत सी.एच. वेंकैया चौधरीलाई रंगनायकुला मण्डपमा हस्तान्तरण गरेका हुन्।
तिरुपति बालाजीका नामले प्रसिद्ध यो मन्दिर विश्वका सबैभन्दा धनी मन्दिरमध्ये एक मानिन्छ। भगवान विष्णुको अवतार वेंकटेश्वरलाई समर्पित यो मन्दिरको इतिहास करिब ई.स. ३०० सालतिरको मानिन्छ। पल्लव, चोल र विजयनगर जस्ता दक्षिण भारतीय राजवंशहरूले मन्दिरको निर्माण र विस्तारमा महत्वपूर्ण योगदान दिएका थिए। हाल मन्दिरको सम्पूर्ण व्यवस्थापन तिरुमला तिरुपति देवस्थानम (TTD) ट्रस्टले गर्दै आएको छ। हरेक वर्ष लाखौँ श्रद्धालु यो मन्दिरमा दर्शन तथा आशीर्वाद लिन आउने गर्दछन्।
कमेन्ट गर्नुहोस्
view comments