जर्मनीमा रेल दुर्घटना: तीनको मृत्यु, दर्जनौं घाइते

1 दिन पहिले प्रकाशित

एजेन्सी,श्रावण १२ गते ।  जर्मनीको दक्षिण–पश्चिम भागस्थित रिडलिंगेन नजिक एक यात्रुबाहक रेल दुर्घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौं गम्भीर घाइते भएका छन्। आइतबार साँझ स्थानीय समय अनुसार ६:१० बजे भएको दुर्घटनामा करिब १०० यात्रु सवार थिए। जर्मन समाचार संस्था डीपीएका अनुसार दुई डब्बा जङ्गल क्षेत्रमा पल्टिएको अवस्थामा फेला परेका छन् भने घटनास्थलमा लडेका रूखहरू पनि देखिएका छन्।

रेल सेवा प्रदायक डोइचे बानले दुर्घटनाको कारण ‘अज्ञात’ रहेको जनाएको छ, तर घटनाअघि क्षेत्रमा आँधी आएको रिपोर्ट गरिएको छ। दुर्घटनापछि उद्धारका लागि ठूलो सङ्ख्यामा अग्नि नियन्त्रक र आपतकालीन टोली परिचालित गरिएको छ। चान्सलर फ्रेडरिक मर्जले एक्समार्फत पीडित परिवारप्रति समवेदना प्रकट गर्दै उद्धार कार्यमा पूर्ण सहयोगको निर्देशन दिएका छन्। दुर्घटनाग्रस्त रेल सिगमारिङ्गेन र उल्मबिच बीचको ९० किलोमिटर लामो मार्गमा सञ्चालनमा थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?