BITS पिलानीका दुई विद्यार्थीले बनाए बम बोक्ने ‘कामिकेज ड्रोन’, भारतीय सेनाले खरिद गर्‍यो

4 महीना पहिले प्रकाशित

एजेन्सी, श्रावण ६ गते । भारतको हैदराबादबाट दुई २० वर्षे इन्जिनियरिङ विद्यार्थीले देशकै रक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन्। BITS पिलानीका जयन्त खत्री र शौर्य चौधरीले आफ्नो होस्टेलको कोठामै अत्याधुनिक ‘कामिकेज ड्रोन’ निर्माण गरेका हुन्, जुन बम बोकेर लक्षित स्थानमा प्रहार गर्न सक्षम छ। उल्लेखनीय कुरा के छ भने, उनीहरूको ड्रोनले भारतीय सेनाको ध्यान खिच्न सफल भयो र सेनाले यसलाई खरिदसमेत गरिसकेको छ।

अपोलियन डायनेमिक्स नामक स्टार्टअप खोलेका यी विद्यार्थीले जम्मु, चंडीमन्दिर, पानागढ र अरुणाचलका विभिन्न सैन्य युनिटका लागि यूएभी/ड्रोनहरू बनाएका छन्। करिब ३०० किमी प्रतिघण्टाको गतिमा उड्न सक्ने र १ किलोग्राम पेलोड लक्षमा ठ्याक्कै गिराउन सक्ने यी ड्रोनहरू सामान्य व्यावसायिक ड्रोनको तुलनामा पाँच गुना छिटा छन्। अझ रोचक त के छ भने, यी ड्रोनहरू रडारमा समेत नपर्ने गरी डिजाइन गरिएका छन्। भारतले आयातमा निर्भरता घटाउने उद्देश्यका साथ सुरु गरिएको यो प्रयास अब रक्षा क्षेत्रमा एक क्रान्तिकारी मोड बन्न सक्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?